काठमाडौं- थाइल्याण्डका राजाले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध लड्नका लागि नेपाललाई पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।
राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामग्री पठाउनुभएको स्वास्थ्य सामग्री आज नेपाल आइपुगेको हो ।
स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गर्नुभयो ।
विमानस्थलमा स्वास्थ्य मन्त्री त्रिपाठीसँगै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुग्नु भएको थियो ।
थाइल्याण्डका राजाले सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाउनुभएको हो ।
स्वास्थ्य सामग्री सहयोग गरेकोमा मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाइल्याण्डलाई धन्यवाद दिनुभएको छ ।
प्रतिक्रिया