काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैधानिक विकल्पअनुसार नै बजेट ल्याइएको बताउनुभएको छ । शनिबार प्रस्तुत भएको आर्थिक वर्ष २०७८/७९ को बजेटमाथि आएका प्रतिक्रियाको जवाफ दिँदै अर्थमन्त्री पौडेलले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधानअनुसार सरकार अगाडि बढेको बताउनुभएको हो ।
‘योभन्दा अर्को विकल्प थिएन । हामीले वैधानिक विकल्प अनुसार नै बजेट ल्याएका हौँ,’ उहाँले भन्नुभयो, ‘संकटको समयमा कामचलाउ बजेट ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’
उहाँले बजेट सुनाउनका लागि नभई कार्यान्वयनका लागि आएको बताउनुभयो ।
‘बजेटको विषयमा धेरै प्रतिक्रिया सकारात्मक आएका छन्। यसले मलाई उत्साहित बनाएको छ’, अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘कतिपयले कार्यान्वयन हुन नसक्ने भनेर भनेको पनि सुनेको छु। यो विषयमा म प्रष्ट भन्न चाहन्छु बजेट सुनाउनका लागि होइन कार्यान्वयनका लागि ल्याइएको हो।’
उहाँले बजेट कार्यान्वयन गरेर देखाउनेसमेत बताउनुभयो । अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘हामी बजेट कार्यान्वयन गरेर देखाउँछौँ ।’







प्रतिक्रिया