अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पत्रकार रविन्द्र गौतमको निधन

पत्रकार रविन्द्र गौतमको निधन


काठमाडौं- पत्रकार रविन्द्र गौतमको निधन भएको छ ।

नेपाल प्रेस युनियन दोलखाका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ दोलखाका कार्यसमिति सदस्यसमेत रहेका रहनुभएका गौतमको कोरोना संक्रमणपछि उपचारको क्रममा आज निधन भएको हो।

दोलखाबाट एयरलिफ्ट गरेर काठमाडौं ल्याइएका ३८ वर्षीय गौतमको आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गौतमका वृद्ध आमा, श्रीमती, ९ वर्षीया र ६ महिनाकी दुई छोरी हुनुहुन्छ । उहाँ लामो समयदेखि दोलखाबाट अन्नपूर्ण पोस्ट दैनिकमा समाचारमा आवद्ध हुनुहुन्थ्यो ।