काठमाडौं– चिनियाँ खोप लिन नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको नेपाल वायुसेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तौल बढी नभए ८ लाख डोज खोप नै ल्याउने तयारी गरिएको छ ।
राति ११ बजे बेइजिङको लागि उड्ने उक्त विमान मंगलबार दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संवादपछि चिनियाँ राष्ट्रपति सीले नेपाललाई १० लाख डोज खोप दिने घोषणा गर्नुभएको थियो ।
प्रतिक्रिया