अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशमा अलपत्र नेपालीहरु अब नियमित उडान मार्फत स्वदेश आउन पाउने

विदेशमा अलपत्र नेपालीहरु अब नियमित उडान मार्फत स्वदेश आउन पाउने


काठमाडौं – कोरोना संक्रमाका कारण करिब डेढ महिना देखि रोकिएका अन्तराष्ट्रिय उडानहरु आंशिक रुपमा खुला गरिएपछि विभिन्न देशमा अलपत्र परेका नेपालीहरु स्वदेश आउन पाउने भएका छन्
। यसैगरी नेपालमा अड्किएका विदेशी नागरिकहरु सहज रुपमा स्वदेश फर्कन पाउने भएका छन् ।
गए राती देखि चीन, टर्की र कतारका लागि नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको छ ।

जेठ १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार मंगलबारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भारतमा हुँदै आएको उडान पनि निरन्तर हुने प्राधिकरणले जनाएको छ । योसँगै अब हरेक साता ५ वटा नियमित उडान हुनेछन् । चीन, टर्की र कतारका लागि साता मा १(१ तथा भारतका लागि सातामा २ वटा उडान हुनेछन्।
राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्सले हरेक साताको सोमबार काठमाडौं- दोहा (कतार)-काठमाडौं उडान भर्ने भएको छ । नेपाल एयरलाइन्स रातिको १० बजेर ५ मिनेटमा दोहा उड्ने छ भने भोलिपल्ट बिहान ९ बजेर १० मिनेटमा काठमाडौं आइपुग्ने उडान तालिका तय भएको छ । नेपाल एयरलायन्सले हरेक साताको बुधबार काठमाडौं(दिल्ली ९भारत०( काठमाडौं उडान पनि भर्ने प्राधिकरणले जनाएको छ ।

टर्किस एयरलाइन्सले हरेक साताको बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान भर्नेछ । कतार एयरवेजले हरेक साताको सोमबार दोहा-काठमाडौं- दोहा उडान भर्ने छ।एयर इन्डियाले हरेक साताको शुक्रबार दिल्ली-काठमाडौं- दिल्ली उडान भर्ने तालिका तय भएको छ ।

कोभिड संक्रमण फैलिएपछि सरकारले गत वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । तर नेपाल एयरलाइन्स र एयर इन्डियाले नेपाल–भारतबीच सातामा १(१ वटा उडान भर्दै आएका थिए । चार्टर उडानमा पनि रोक लगाइएको थिएन । चीन, टर्की र कतारमा सातामा एक उडान हुने गरी जेठ १८ गतेदेखि सहज बनाएको हो ।

यो उडान तालिका जुन ३० सम्मका लागि हो ।