अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिक मन्त्रालयको बजेट कार्यान्वयन योजना तयार, कसरी खर्च हुनेछ डेढ खर्ब ? (सूचीसहित)

भौतिक मन्त्रालयको बजेट कार्यान्वयन योजना तयार, कसरी खर्च हुनेछ डेढ खर्ब ? (सूचीसहित)


काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन गर्न योजना बनाएको छ । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी बजेट कार्यान्वयनको योजना तयारर भइसकेको जानकारी दिनुभयो ।

‘२०७८/७९ को बजेट कार्यान्वयन कार्ययोजना तयार भइसकेको छ, यसबाट आगामी आर्थिक बर्षका लागि छानिएको कार्यक्रमहरुको समयसीमाभित्र कार्यान्वयन हुने हाम्रो अपेक्षा छ,’ मन्त्री नेम्वाङले भन्नुभयो, ‘बजेट सार्वजनिक भएलगत्तै हामीले यस अवधीमा ३२ ओटा आयोजनाकै कार्ययोजना बनाइसकेका छौं ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि आव २०८७/७९ का लागि १ खर्व ६२ अर्व ५० करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । ती बजेट यी आयोजनाहरूमा खर्च हुनेछ ।