अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपासँग निर्णायक वार्ताः सहमति आजै शपथ

जसपासँग निर्णायक वार्ताः सहमति आजै शपथ


काठमाडौं– जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले आज सरकारमा सहभागिताबारे निर्णायक वार्ता गर्दैछ । नेताहरुका अनुसार सहमति भए जसपाकाबाट मन्त्री भएकाहरुको आजै शपथ हुनेछ ।

जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गर्नुभएको छ । वार्ताका लागि जसपा नेताहरु आजै बालुवाटार जाँदैछन् ।

जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुँदैछ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।

स्रोतका अनुसार मन्त्रीको संख्या र मन्त्रालय टुंगो लागे पनि राजनीतिक मुद्दाहरुको सम्बोधनको गृहकार्य भइरहेको छ ।