काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका दुई नेतालाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिनु भएको छ ।
स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरिएको छ । नयाँ उपप्रधानमन्त्रीमा पौडेलसँगै रघुवीर महासेठको नाम पनि थपिएको छ । उहाँको मन्त्रालय टुंगिन बाँकी छ ।
महासेठ ओली सरकारमा यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हुनुहुन्थ्यो । मन्त्रिपरिषदमा पौडेल, महासेठ र राजेन्द्र महतोको वरीयता क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनेछ ।







प्रतिक्रिया