अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महन्त पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल

महन्त पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भयो : शंकर पोखरेल


काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको बताउनुभएको हो ।

उहाँले संविधानवाद स्थापित भएसँगै अब चुनावमार्फत् नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुट्न अपिलसमेत गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले लेख्नुभएको छ, ‘जसपाको महन्थपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ । अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौँ ।’