काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिको विरोध गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले उपप्रधानमन्त्री महतोबाट संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको हो ।
‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ,’ अध्यक्ष महरले लेख्नुभएको छ, ‘जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ । उक्त राष्ट्रघाती अभिव्यक्ति किमार्थ मान्य हुँदैन अविलम्ब फिर्ता लिन आग्रह गर्दछु ।’







प्रतिक्रिया