काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति नेकपा एमालेको माधव नेपाल पक्षका १५ नेताले विरोध जनाएका छन् ।
आज एमालेका नेता नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै विरोध जनाएका हुन् ।
नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ, ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।’
महतोले उपप्रधानमन्त्रीको शपथ र पद भारपछि अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारीगर्ने अभिव्यक्ति दिनुभएको थियो । उहाँको सो अभिव्यक्तिको अहिले चौतर्फी विरोध भइरहेको छ ।








प्रतिक्रिया