अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् सम्भावित मन्त्री

मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् सम्भावित मन्त्री


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ ।

प्रधानमन्त्रीले आफूसँग रहेका मन्त्रालयहरुमा आज पूर्व माओवादी सहितका मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गर्नुभएको हो । बालुवाटार स्रोतका अनुसार एमालेको कोटाबाट मन्त्री हुनेहरु अधिकांश नयाँ अनुहारलाई मौका दिने प्रधानमन्त्रीको योजना छ । ‘बिदा हुने साथीहरुले अब हामी पार्टी हाक्छौं भनेर बिदा हुनुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले नेपाली बहस डट कमसँग भन्यो, ‘त्यसो हुँदा नयाँ अनुहारहरु नै मन्त्री भएर आउनुहुन्छ ।’

स्रोतका अनुसार पूर्व माओवादीको रामबहादुर थापा समूहबाट तीनजना सम्म मन्त्री हुने सम्भावना छ । त्यसका लागि प्रदेश सभामा माओवादीले कारबाही गरेर संसद पद गुमेकाहरुलाई प्राथमिकतामा राखिएको छ । त्यस मध्ये प्रदेश नं २ कि ज्वालाकुमारी साह मन्त्री हुने करिब निश्चित भएको बताइएको छ । एमालेबाट महेश बस्नेत र नारदमुनी राना थारु मन्त्री हुने सूचीको अग्रपंक्तिमा रहेको स्रोतको भनाइ छ ।