अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा प्रदेश २ संसदीय दलको नेतामा राउत चयन

जसपा प्रदेश २ संसदीय दलको नेतामा राउत चयन


जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले प्रदेश २ को संसदीय दलको नेतामा लालबाबु राउत चयन गरेको छ । राउत हाल प्रदेश २ का मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण भए पनि प्रदेशमा दुवै दलका संसदीय नेता रहनुभएको थियो । तर, एकीकरण भएको एक वर्षपछि पार्टीमा आन्तरिक विवाद भएकै समयमा संसदीय दलको नेतामा पूर्वसमाजवादी पार्टीबाट राउतलाई चयन गरिएको हो ।

जसपाका कुल ५५ सांसदमध्ये राउतको समर्थनमा ३६ जनाले हस्ताक्षर गरेका छन् । पूर्वसमाजवादीका ३० जना र पूर्व राजपाका २५ जना सांसद रहेकोमा राउतलाई पूर्व राजपाका ६ जना सांसदले समेत समर्थन गरेको पूर्व समाजवादीका एक सांसदले जानकारी दिनुभयो ।