काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गर्नुभएको हो ।
जसपाको ठाकुर(राजेन्द्र महतो समूहका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री राउतले आइतबार राति हटाएको पत्र प्रदेश प्रमुख डा। राजेश झाको सचिवालयमा दर्ता गराइएको छ ।
प्रदेश प्रमुखको कार्यालयले मन्त्रिपरिषद् हेरफेरको सूचना जारी गरेको छ ।
विजयकुमार यादवलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नवलकिशोर साहलाई समाजिक विकास मन्त्रालय र रामनरेश यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै लिनुभएको छ ।







प्रतिक्रिया