अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली आहवानमा के छ नेताहरुको प्रतिक्रिया ?

ओली आहवानमा के छ नेताहरुको प्रतिक्रिया ?


काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आहवानप्रति एमालेका दोस्रो तहका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ ।

ओलीले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गर्नुभएको छ । उहाँले आइतबार पार्टी एकता रक्षा एवं सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गर्दै असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई मूलधारमा फर्काउने प्रयास गर्नुभएको हो ।

नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी ओलीको विज्ञप्तिलाई स्वागत गर्नुभयो । उहाँले ओलीले आज पार्टी एकताका लागि सार्वजनिक गरेको बक्तव्य सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँको भनाइ छ, ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मूलतः सकारात्मक छ।’ योगेशले वक्तव्यपछि कार्यदलस्तरको छलफललाई पुनः निरन्तरता दिन बाटो खुलेको समेत बताउनुभयो । उहाँको भनाइ छ, ‘पार्टीका जिम्मेवार नेता कमरेडहरू सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयलाई समाधान गर्नेछ। सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ,’ उनले भनेका छन्, ‘सारमा अध्यक्षको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वबीचमा सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु। हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरू हुन्छ।’

एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले अब एमालेमा बस्नेलाई श्रीसम्पति र जानेलाई सातुचामल र बाटो खर्च दिएर बिदा गर्नुपर्ने बताउनुभएको छ । पार्टी एकताका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अपिल जारी गरेपछि बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै यस्तो बताउनुभएको हो । राष्ट्रकवि माधव घिमिरेको गौरी खण्डकाव्यको स्मरण गर्दै बाँस्कोटाले लेख्नुभएको छ ‘आफ्नै हुन माया लाग्छ ।’ बाँस्कोटाले लेख्नुभएको छ ‘अब के भने नि बस्नेलाई श्रीसम्पती जिम्मा जानेलाई दुईतीन मुठी सातुको बाटो खर्च साथ बिदा । आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी ।’

एमाले नेता जगन्नाथ खतिवडाले पार्टी एकता आह्वान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जारी गरेको वक्तव्यलाई ुभ्रामकु र ुझूट र भ्रमको पुलिन्दा’ भन्नुभएको छ । खतिवडाले आइतबार राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ ‘ओलीले तत्कालीन एमालेको २०३ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिएर माओवादीसमेत समावेश २६४ सदस्यीय बनाएका छन्। उनले जेठ २ को पूर्वअवस्थामा जानुपर्नेमा सुनियोजित रूपले जेठ ३ को पूर्वअवस्थामा लेखेर जाल गरेका छन्।’

शेरबहादुर देउवाको पक्षमा सर्वोच्चमा पेस भएका एमाले सांसदहरूको हस्ताक्षर फिर्ता लिन लाउने मात्र ओलीको नियत देखिएको खतिवडाको भनाइ छ। ‘उनले अरू कुनै कुरामा आफूलाई सच्याएका छैनन्। यो हाम्रो सहमतिको वक्तव्य हुँदै होइन। मातहत पार्टी कमिटी र जनसंगठनबारे उनले एमाले कालमा नफर्काउने गरी ुमूलभूत रूपमा’ भन्ने शब्द राखेर षड्यन्त्रको बाटो सुरक्षित गरेका छन्,’ खतिवडा भन्छन्, ‘यो स्वीकार्य छैन। यसमा नअल्मलिनुहुन अनुरोध छ।’

खतिवडाको भनाइ छ, ‘यसबीच विभिन्न कमरेडहरूले गल्ती गरेकोमा कारबाही गरिने छैन भनेका छन्। निष्कासन गरिएकाको कारबाही खारेज गरेका होइनन्। यो पनि कार्यकर्तालाई अलमल्याउने तर्क मात्र हो। आफूले गल्ती गरेको स्वीकार गरेका छैनन्। समग्रमा यो झूट र भ्रमको पुलिन्दा हो। कोही पनि भ्रममा नपर्नु होला।’

नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आइतबार जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा कुनै काम नगर्ने बताउनुभएको छ । उहाँले ओलीको विज्ञप्तिलाई एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन भन्दै झुक्याउन, अलमलाउन र मिडिया ुकन्जम्सनुका लागि मात्र भएको दाबी गर्नुभएको छ । उहाँको भनाइ छ, ‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरी वरिष्ठ नेता कमरेड माधव नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन। झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनका लागि हो भनेर बुझ्नुपर्छ ।’

एमाले युवा नेता ठाकुर गैरेले नेकपा एमालेको एकता जोगाउन सकारात्मक सुरुवात भएको बताउँदै पूर्णता दिन थप छलफल संवाद गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।