अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

माधव नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक


काठमाडौं– नेकपा एमालेको माधवकुमार नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ गते फर्काउने घोषणा गरेपछि प्रतिक्रिया दिन स्थायी कमिटी बैठक बोलाइएको हो । ‘अध्यक्षको आहवानको विषयमा नै छलफल केन्द्रित हुनेछ,’ नेता सुरेन्द्र पाण्डेले नेपाली बहस डट कमसँग भन्नुभयो ।

नेपाल समूहमा अध्यक्ष ओलीको आहवानबारे मिश्रित प्रतिक्रिया आएको छ । सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले सकारात्मकरुपमा लिंदै संवादमा जोड दिनुभएको छ ।

स्थायी कमिटी सदस्य बेदुराम भूसाललगायतले भने शंकाको दृष्टिले हेर्नुपर्ने धारणा राखेका छन् । तर, नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाललगायतको प्रतिक्रिया आएको छैन ।