अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेरा कारण पार्टी एकताको प्रयास असफल भएको भन्नु झुठ : प्रचण्ड

मेरा कारण पार्टी एकताको प्रयास असफल भएको भन्नु झुठ : प्रचण्ड


काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यष केपी शर्मा ओलीले आफूलाई लगाएको आरोप झुठ भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रचण्डले आज सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीले लगाएको आरोपको खण्डन गर्नुभएको हो ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ प्रचण्डले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

प्रधानमन्त्री ओलीले आइताबार बेलुक एमाले एकताका लागि गर्नुभएको आह्वान वक्तव्यमा तत्कालिन नेकपा फुट्नुमा सर्वोच्च अदालतको फैसला नभई प्रचण्डका कारण विभाजन भएको उल्लेख गर्नुभएको थियो ।