अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा पाँचौ पटक थपियो निषेधाज्ञा

धनुषामा पाँचौ पटक थपियो निषेधाज्ञा


धनुषा- जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा थपिएको जानकारी दिनुभयो ।

यसअघि जिल्ला कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले यही जेठ २४ गते अर्थात् आज राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो । सरकारले हालै जारी गरेको कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।

निषेधाज्ञा उलङ्घन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ वास्तोलाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाभित्र कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि सङक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।