अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ


सिरहा- सिरहामा गर्भवती श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-३ का करिब २९ वर्षीय दीपेन्द्र चौधरी रहेका छन् । उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनीमाथि श्रीमती ३० वर्षीया पूजा चौधरीलाई जलाएर हत्या गरेको आरोप भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तोपनकुमार दाहालले जानकारी दिनुभयो । पूजा ६ महिनाकी गर्भवती हुनुहुन्थ्यो ।

घटना गत शुक्रबार राति साढे ८ बजेको हो । शुक्रबार घरबाट पैसा लिएर मदिरा खाएपछि श्रीमान् दीपेन्द्र र पूजाबीच विवाद भएको थियो ।

सोही विवादले उग्र रूप लिएपछि पूजाको हत्या हुन पुगेको डिएसपी दाहालले बताउनुभयो । प्रारम्भिक अनुसन्धानबाट पेट्रोल श्रीमती आफैँले खन्याएको र पछि श्रीमानले आगो लगाएको खुलेको प्रहरीले जनाएको छ ।