अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभु बैंकका सीईओ शेरचनको शब्दमा नयाँ गीत सार्वजनिक (भिडियोसहित)

प्रभु बैंकका सीईओ शेरचनको शब्दमा नयाँ गीत सार्वजनिक (भिडियोसहित)


काठमाडौं- प्रभु बैंकका प्रमुख अशोक शेरचनको शब्दमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

कोराना महामारीबारे बनेको ‘प्रार्थना’ बोलको गीत युट्यबुमार्फत सार्वजनिक गरिएको हो । शेरचनको शब्दमा बनेको यो गीतमा प्रकाश सपूत र मेलिना राईले स्वर दिनुभएको छ ।

गीतमा प्रकाश सपूतको संगीत र योगेश काजीको संगीत संयोजन रहेको छ । कोरोनाबाट मृत्यु भएका र समस्यामा परेकाहरूप्रति समर्पित यो गीतले महामारीको दुःख अभिव्यक्त गरेको छ । लकडाउनकै बीचमा खिचिएको गीतको भिडियो प्रवेश पौडेलले निर्देशन गर्नु भएको हो ।

गीतमा महामारीसम्बन्धी तथ्य र दृश्यहरूलाई फुटेजका रूपमा प्रयोग गरिएको छ । गीतमा महामारीको मारमा पर्नेहरूप्रति समवेदना र सहानुभूतिका भाव पोखिएको छ।

भिडियोमा प्रकाश र मेलिनालगायत कलाकारले अभिनय गर्नु भएको छ ।