अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मादल र बाँसुरी बजाएर मुख्यमन्त्री कार्कीले गरे हुर्रा सम्मेलन उद्घाटन

मादल र बाँसुरी बजाएर मुख्यमन्त्री कार्कीले गरे हुर्रा सम्मेलन उद्घाटन


इटहरी-‘हुर्रा बचाऔँ, पहिचान जोगाऔँ’ भन्ने नारासहित सुनसरीको इटहरीमा आयोजित ‘प्रथम राष्ट्रिय मौलिक हुर्रा सम्मेलन-२०८३’ को उद्घाटन गरिएको छ।

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको आयोजनामा भएको सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मादल र बाँसुरी बजाएर गरेका हुन्।

मगर समुदायको मौलिक कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

सम्मेलनले मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको हुर्रा नृत्यको संरक्षण, पुस्तान्तरण र राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक प्रस्तुति तथा परम्परागत हुर्रा नृत्यको प्रदर्शनसमेत हुने आयोजकले जनाएको छ।