अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालका शर्त स्वीकार गरेर एकता हुँदैन : सूर्य थापा

माधव नेपालका शर्त स्वीकार गरेर एकता हुँदैन : सूर्य थापा


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षले राखेको शर्त स्वीकार गरेर एकता नहुने दाबी गर्नुभएको छ ।

आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको ६ बुँदे प्रस्तावबारे फर्काएको जवाफ पत्र शेयर गर्दै थापाले नेता नेपालको शर्त स्वीकार गरेर पार्टी एकता नहुने बताउनुभएको हो ।

थापाले यी शर्तमा नेपाल गुटसँग नभइ नेपाली कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गर्नुभयो । उहाँको भनाइ छ, ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरू एकता होला। तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो । अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं ।’