बाजुरा- बाजुरा प्रदेश ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य बल्देव रेग्मीले नेकपा एमालेको नेपाल समूह छाड्नुभएको छ ।
भीम रावल नजिक मानिने सांसद रेग्मी मंगलबार भएको मतदानमा मुख्यमन्त्रीविरुद्ध मतदान गर्नुभएको हो । यसअघि उहाँ नेपाल समूह तथा रावल नजिकका रूपमा चिनिँदै आउनुभएको थियो ।
रेग्मीले समूह परिवर्तन गरेसँगै सुदूरपश्चिम प्रदेश सभामा ओली पक्षीय प्रदेश सभा सदस्यको संख्या सात पुगेको छ । नेपाल पक्षमा अब १७ प्रदेश सभा सदस्य छन् ।
बीचमा तटस्थ रहेका तीन महिना पहिले रेग्मी बाजुराको कोल्टिमा नेपाल समूहको विरोध सभामा सहभागी हुनुभएको थियो ।







प्रतिक्रिया