अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने


पोखरा- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुहुने भएको छ । उहाँले यही जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको हो ।

प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री गुरुङले प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो ।