अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज


काठमाडौं – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश जबराको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास आइतबार गठन भएको थियो ।

आइतबार सुनुवाइ हुने भनिएपनि संवैधानिक इजलासमा विवाद भएपछि हेर्दाहेर्दैमा सोमबारका लागि पेशी तोकिएको थियो । तर सोमबारको संवैधानिक इजलास सर्‍यो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार हुने भनिएको सुनुवाइ सारिएको थियो ।

प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था छ ।