अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

योगेश भट्टराईको प्रश्न– ‘हामीलाई कसले मिल्न दिएको छैन’

योगेश भट्टराईको प्रश्न– ‘हामीलाई कसले मिल्न दिएको छैन’


एमाले नेता योगेश भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमा प्रस्तुत गर्नुभएको विचार जस्ताको तस्तै–

….

कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने ।

कसले, किन र के का लागि गर्दैछ यो सब ?

एमाले एकताको समस्याको मूल जड यहिँ छ ।

यस विषयमा कमरेडहरु बीचमा गम्भीर छलफल हुनु र साझा निश्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।