अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले लिनुभयो शपथ

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले लिनुभयो शपथ


काठमाडौं– नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृगनारायण पाण्डेयले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

पाण्डेयलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ ग्रहण गराउनुभएको हो ।

संसद् सचिवालय सिंहदरबारमा आयोजित शपथ ग्रहण कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल, राष्ट्रिय सभामा कांग्रेस दलका नेता राधेश्याम अधिकारी, सचेतक अनिता देवकोटा, माओवादी राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्मालगायतको उपस्थिति थियो ।

चन्द्रबहादुर खड्कालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त पदमा भएको उपनिर्वाचनमा पाण्डे निर्वाचित हुनुभएको थियो ।