अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको उत्तर प्रदेशमा मजदुर सवार बस दुर्घटना, १७ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा मजदुर सवार बस दुर्घटना, १७ जनाको मृत्यु


लखनऊ- भारतको उत्तर प्रदेशमा मजदुर चढेको एउटा बसले सामान ढुवानी गर्ने भ्यानलाई मंगलबार राति कानपुर नजिक ठक्कर दिँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

निकै भयानक उक्त दुर्घटनामा परेर अरू १८ जना घाइते भएको प्रहरीले जनाएको छ । कोरोना महामारीको दोस्रो लहर भारतमा केही मत्थर हुन थालेपछि गाउँघर फर्किएका मजदुरहरु पुनः कामको खोजीमा निस्कन थालेका छन् ।

विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएसँगै बस सडकमा पल्टिएको प्रहरी अधिकृत मोहित अग्रवालले बताउनुभयो ।

बसमा सवार मजदुर पश्चिमी गुजरात प्रान्तको अहमदाबादतर्फ जाँदै थिए ।

भ्यानमा बिस्कुट बनाउने कारखानामा कार्यरत मजदुर रहेका थिए । मृत्यु हुनेहरू अधिकांश भ्यानमा सवार मजदुर रहेको अग्रवालले जानकारी दिनुभयो ।

उक्त घटनामा परेका १६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी अधिकृत अग्रवालले बसमा सवार व्यक्तिहरुको भनाई उद्धृत गर्दै बस चालकले तीव्र गतिमा बस चलाएको गुनासो गरेको बताउनुभयो ।

प्रहरीका अनुसार भारतमा हरेक वर्ष एक लाख १० हजारभन्दा बढी व्यक्तिको सडक दुर्घटनामा ज्यान जाने गरेको छ ।

अधिकांश अवस्थामा चालकको लापरवाही, सडकको कमजोर अवस्था र पुराना सवारी साधनका कारण दुर्घटना हुने गरेका छन् ।