काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गर्नुहुने भएको छ । छलफलका लागि सबैलाई आज पत्र पठाइएको छ ।
प्रतिनिधि सभा विघटनपछि विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटघाट, छलफल तथा परामर्श गरिरहनु भएका सभामुख सापकोटाले दलका नेताहरूसँग पनि छलफल गर्न लाग्नुभएको हो ।
सभामुखको सचिवालयका अनुसार शुक्रबार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा छलफल हुनेछ ।
संघीय संसद्मा अहिले एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमो, नेमकिपा र राप्रपाको प्रतिनिधित्व छ ।







प्रतिक्रिया