अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपाबाट राजकिशोर किन ११ औं मन्त्री ?

जसपाबाट राजकिशोर किन ११ औं मन्त्री ?


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)बाट १० जना मन्त्री बनाएकोमा प्रधानमन्त्रीसँग सत्तारुढ एमालेभित्रैबाट असन्तुष्टि थियो ।

प्रधानमन्त्रीको तेस्रो कार्यकालको तेस्रो मन्त्रिपरिषद् पुनर्गठनमा जसबाट राजकिशोर यादवको प्रवेश भएको छ । केपी ओली सरकारमा यादव जसपाबाट मन्त्री हुने ११ औं मन्त्री हुनुभएको छ । यसअघि नै ८ मन्त्री र २ राज्यमन्त्रीले सिंहदरवारमा आफ्नो उपस्थिति जनाइसकेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषदमा राजकिशोरको उपस्थितिले झन् तरंग पैदा भएको छ ।

निकटस्थहरुका अनुसार प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना भएको अवस्थामा पनि आफ्नो बहुमतसिद्ध गर्न केहीबाहेक अधिकांश सांसदलाई नै मन्त्री बनाउनुभएको छ । झन् जसपाबाट मन्त्री भएका सबै सांसद छन् । राजकिशोर यादव जसपाका प्रभावशाली नेता हुनुहुन्छ । उहाँ मन्त्री नभएको अवस्थामा थप ३ सांसद बाहिरिने भएपछि प्रधानमन्त्रीले यादवलाई मन्त्रिपरिषदमा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।

राजकिशोर यादवको सिंहदरवार प्रवेश यो नै पहिलो होइन । बाबुराम भट्टराई सरकारका सूचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्ता भ्रष्टाचार आरोपमा जेल गएपछि राजकिशोरले सञ्चार मन्त्रालयको नेतृत्व लिनुभएको थियो ।

२१ हजार १ सय ४४ मतसहित गएको प्रतिनिधि सभा निर्वाचनमा सिरहा ४ बाट निर्वाचित यादवले माओवादीका उम्मेदवार अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतअन्तरले हराउनुभएको थियो ।