कैलाली- नेकपा एमालेले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने सुदूरपश्चिम प्रदेशसभाका आफ्ना १७ सांसदलाई स्पष्टीकरण सोधेको छ ।
एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सभामा संसदीय दलका नेता प्रकाशबहादुर सिंहसहित १७ प्रदेशसभा सदस्यलाई २४ घन्टे स्पष्टीकरण सोध्नुभएको हो ।
सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिनुभएको थियो । एमाले नेता माधवकुमार नेपाल पक्षका १७ प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।
एमालेका सांसदले साथ दिँदा माओवादी केन्द्रको नेतृत्वको प्रदेश सरकार जोगिएको थियो ।
थापा र रावलले सोधेको स्पष्टीकरणमा पार्टी केन्द्रले जेठ ११ गते सरकारलाई दिएको समर्थ फिर्ता लिने निर्णय गरेको र प्रदेश कमिटी विश्वासको मत नदिने निर्णय गरिसकेको अवस्थामा किन पार्टी निर्णय विपरित गएको भन्दै प्रश्न गरिएको छ ।







प्रतिक्रिया