काठमाडौं- नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले पदभार ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयमा सपथ ग्रहणलगत्तै उहाँले सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गर्नु भएको हो ।
पदभार ग्रहण एवं स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक निभाउन सबैको सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहने बताउनुभयो ।
उहाँले राज्यको चौथो अङ्गको रूपमा रहेको यस मन्त्रालयको गहन जिम्मेवारीमा एक अर्काको पूरक भइ मन्त्रालय सम्बद्ध १८ वटा निकायहरूले तोकिएको जिम्मेवारी असल परम्परा, संस्कार र अभ्यासका आधारमा कार्यान्वयन गर्न जोड दिनुभयो ।
प्रतिक्रिया