अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने नेकपा एकालेका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उहाँहरू पदमुक्त हुनु भएको थियो ।

एमालेको माधव नेपाल समूहनिकट सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली हुनु भएको हो ।