अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउने न्यायाधीशमाथि महाअभियोगः प्रभू साह

नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउने न्यायाधीशमाथि महाअभियोगः प्रभू साह


काठमाडौं– पूर्वमन्त्री तथा एमाले नेता प्रभु साहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउन आदेश गर्ने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने बताउनुभएको छ ।

फेसबुकमा स्टाटस लेख्दै साहले सर्वोच्चको फैसलालाई अप्रत्याशित र गैरजिम्मेवारीपूर्ण भन्दै यसले मुलुकमा संकट निम्त्याउने जिकीर गर्नुभयो । उहाँको भनाइ छ, ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ ।’

संवैधानिक व्यवस्था अनुरूप आएको महत्वपूर्ण अध्यादेश कार्यान्वयनमा रोक लगाउनुले विगतमा सम्मानित सर्वोच्च अदालतको फैसला, विधिको शासन र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको साहको टिप्पणी छ ।