अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

धनुषामा खाल्डोमा डुबेर पाँच बालबालिकाको मृत्यू,दुई जना बेपत्ता

धनुषामा खाल्डोमा डुबेर पाँच बालबालिकाको मृत्यू,दुई जना बेपत्ता


धनुषा -मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ मा खेतमा खनिएको खाल्डोमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय धनुषाका अनुसार मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन् ।

दुई बालक हराइरहेको पनि सूचना प्राप्त भएको छ । प्रहरी घटनास्थल पुगिसकेको छ ।
मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका छन् ।