काठमाडौं – पछिल्लो २४ घण्टामा मुलुकमा ३,७५० जना कोभिड बिरामी थपिएका हुन् । ९,५९८ नमुना पीसीआर र ५,५८४ एन्टीजेन परीक्षण गर्दा शुक्रबार ती संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । मृत्यु हुने दर १.६ प्रतिशत छ । कूल मृत्यु संख्या ८,३०५ पुगेको छ ।
थप ५,२२५ जना निको भएका छन् । निको हुने दर ८६.२ प्रतिशत छ । ५ लाख २० हजार ८१६ जना कूल निको भएका छन्
प्रतिक्रिया