काठमाडौं– नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले बागमती प्रदेश सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से हुन तयार रहेको अभिव्यक्तिलाई एमालेले गम्भीररुपमालिएको छ ।
प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ती जारी गर्दै वैद्यको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताउनुभएको छ । ‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ विज्ञप्तीमा भनिएको छ ।
एमालेले वैद्यको अभिव्यक्तिको भर्त्सना गर्दै यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको बताएको छ । एमालेले यस विषयमा सम्बद्ध राजनीतिक दल नेपाली कांग्रेसको समेत ध्यानाकर्षण गराएको छ ।







प्रतिक्रिया