अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीद्वारा शपथग्रहण

गण्डकीका मुख्यमन्त्रीसहित ५ मन्त्रीद्वारा शपथग्रहण


पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित ५ मन्त्रीले शपथ ग्रहण गर्नु भएको छ । प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नेपालीसहित मन्त्रीहरूलाई एक समारोहबीच शनिबार राति पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

शपथग्रहण गर्नु हुनेमा मुख्यमन्त्री नेपाली, मन्त्रीहरूमा कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) हुनुहुन्छ । मन्त्रीहरूले विनाविभागीय रूपमा शपथगह्रण गर्नु भएको हो ।

गण्डकी प्रदेशको कांग्रेस संसदीय दलका नेता नेपाली शनिबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।