काठमाडौं- प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर पुग्नुभएको छ ।
केहीबेर अघि देउवा नेता नेपालको निवास कोटेश्वर पुग्नुभएको हो । देउवाका साथमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि नेपाल निवास पुग्नु भएको हो ।
सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले एक हुनुपर्ने दबाबमा परेका नेपाललाई भेट्न देउवा कोटेश्वर पुग्नु भएको हो ।
संसद् विघटनका विरुद्ध र वैकल्पिक सरकार पक्षमा नेपालले देउवालाई हालसम्म साथ दिनुभएको छ ।
प्रतिक्रिया