अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवासँगै प्रचण्ड पनि नेपाल निवासमा

देउवासँगै प्रचण्ड पनि नेपाल निवासमा


काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि कोटेश्वर पुग्नु भएको छ ।

यसअघि महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा नेपाल निवास पुग्नु भएको थियो । त्यसको केहीबेरमै प्रचण्ड पनि नेपाल निवास पुग्नु भएको हो ।

स्रोतका अनुसार उहाँहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।