अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो

काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो


काठमाडौं- कोरोना संक्रमण घट्दै गएको भन्दै काठमाडौं उपत्याकामा निषेधाज्ञा खुकुलो बनाइएको छ । अघिल्ला निषेधाज्ञाको तुलनामा आजबाट हप्तादिन थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ ।

थप भएको निषेधाज्ञा समयमा यसअघिभन्दा केही कुरा सहज बनाइएको छ। उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यलयले जारी गरेको आदेश अनुसार खाद्य पसल खोल्न पाइने समय बढाइएको छ भने पुस्तक र हार्डवेयर पसल पनि तोकिएको समयमा खोल्न पाइनेछ।

खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर, फलफूल पसल, पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ भने हार्डवेयर पसल अपराह्न ४ बजेदेखि खोल्न पाइने आदेशमा उल्लेख छ।
यो निषेधाज्ञा असार ७ गते राती १२ बजेसम्म लागु हुने जिल्ला प्रशसन कार्यलय काठमाडौंले जनाएको छ ।