काठमाडौं -सिन्धुपाल्चोकमा भएको बाढीमा परेर बिचल्ली भएकालाई उद्धार र राहातका लागि गृहमन्त्री खगराज अधिकारी,स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ लगायत सुरक्षा अधिकारीहरुको बैठक सुुरु भएको छ ।
मन्त्री तमाङका अनुसार बाढीमा परी बेपत्ता भएकाहरुको खोजी,उद्धार र राहातका लागि तत्काल टिम परिचालन गर्न बैठक आयोजना गरिएको छ । ‘सिन्धुपाल्चोकमा ठूलो मानवीय क्षती मात्र नभइ राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना समेत क्षती पुगेकोले निरीक्षणका लागि प्रधानमन्त्रीज्यूलाई आग्रह गर्छों’ सिन्धुपाल्चोकका साँसद समेत रहनुभएका तामाङले नेपाली बहस डट कमसँग भन्नुभयो ‘विपतीको बेला सरकारले उद्धार र राहातका लागि गर्न सक्ने सबै प्रयास गर्छ नै । नागरिकहरुलाई पनि आफ्नो तर्फबाट सजगता र उद्धार र राहातमा खटिन पनि अनुरोध गर्दछु । ’







प्रतिक्रिया