अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीको सञ्चार विधयक प्रेस स्वतन्त्रता विरोधी : काउन्सिल अध्यक्ष बस्नेत

लुम्बिनीको सञ्चार विधयक प्रेस स्वतन्त्रता विरोधी : काउन्सिल अध्यक्ष बस्नेत


काठमाडौं -प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी विधयेक प्रेस स्वतन्त्रता विरोधी भएको बताउनुभएको छ ।
बस्नेतले आज एक विज्ञप्ती जारी गरेर लुम्बिनी सरकारले दर्ता गरेको विधयेकमा भएका व्यवस्था काउन्सिलले गरिरहेको स्मरण गराइएको छ ।
सञ्चारमाध्यम प्रकाशनरप्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लङ्घनमा कारबाही गर्ने, सञ्चारकर्मीलाई रजिष्ट्रारले कैद र जरिवाना गर्न सक्नेजस्ता प्रावधानसहित प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा उक्त विधेयक दर्ता भएको सार्वजनिक भएको छ’ विज्ञप्तीमा भनिएको छ’, उक्त विधेयकमा प्रस्तावित प्रेस स्वतन्त्रताविरोधी र अन्तर्राष्ट्रिय मान्यता प्रतिकूलका प्रावधानप्रति प्रेस काउन्सिलको असहमति छ ।’
‘संविधानका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी प्रावधान र प्रेस काउन्सिल ऐन, २०४८ को जगमा काउन्सिल आम सञ्चार क्षेत्रको संबद्र्धन र नियमनमा क्रियाशील छ’ नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई प्रत्याभूत गरेको भन्दै विज्ञप्तीमार्फत् अध्यक्ष बस्नेतले भनेका छन्, ‘ प्रेस अनुगमन, आचारसंहिता कार्यान्वयनजस्ता विषयमा परामर्श दिन प्रेस काउन्सिल सदैव तयार छ । काउन्सिलले गरिरहेका यस्ता काममा विरोधाभास हुने गरी कुनै पनि कार्य नगर्न काउन्सिल सरोकारवाला पक्षसँग आग्रह गर्दछ ।’