दोलखा- पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोलीलाई परिचालन गरिएको छ । गएराति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो ।
पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको हो ।
पहिराले थुनिएको रोङ्सी खोला ओभरफ्लो भएर बग्न थालेको प्रजि घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पहिरो गएको स्थान खुलाउन चिनियाँ टोली पुगेको छ । उक्त टोलीले थुनिएको खोला खुलाउन प्रयास भइरहेको छ ।’
प्रतिक्रिया