धनकुटा- मोटरसाइकल दुर्घटनामा परी कांग्रेस धनकुटा जिल्ला सचिव कृष्णबहादुर थापासहित दुई जनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैचा-९ विराटचोकमा पूर्व पश्चिम राजमार्गमा टिपर र को ३६ प ५९७९ नको मोटरसाइकल ठोक्किँदा ५० वर्षीय थापासहित दुई जनाको मृत्यु भएको हो ।
सोही क्रममा पूर्वतर्फ जाँदै गरेका सचिव थापा सवार को २९ प ९५५० नं. को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते हुनु भएका थापाको धरानस्थित बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका-७ मुगाका थापासँग सवार सोही ठाउँका २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते हुनु भएको छ । उहाँको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
टिपरसँग ठक्कर दुर्घटना परेको अर्को मोटरसाइकलमा सवार इटहरी-४ का ३५ वर्षिय दिपु साहको पनि मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया