अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

ज्वाला संग्रौलाको समूहलाई तीन दिन थुनामा राख्न अनुमति

ज्वाला संग्रौलाको समूहलाई तीन दिन थुनामा राख्न अनुमति


काठमाडौं- आफूलाई अभियन्ता दाबी गर्ने ज्वाला संग्रौलासहित अन्य दुई जनामाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको अनुमति मिलेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि तीन दिनको अनुमति दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतका अनुसार अभद्र व्यवहारको कसुरमा आइतबार पक्राउ परेकी संग्रौलासहितको समूहलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाभित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनाको अनुसन्धानका लागि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइबालाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको थियो ।