काठमाडौं – पेट्रोल पम्पका सञ्चालकले कोरोनाविरुद्धको खोप माग गर्दै आन्दोलन गर्ने तयारी गरेका छन् ।
पेट्रोलियम पदार्थ बिक्रेताहरुको संगठन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पम्प सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाउन धेरैपटक माग गर्दा पनि नपाएको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।
केही दिन अगाडि पेट्रोलियम पदार्थ ढुवानी गर्ने व्यवसायीले आपूर्ति नै रोकेर आन्दोलित भएका थिए । उनीहरुले बागमती प्रदेशमा ३ दिन आपूर्ति बन्द गरेपछि नेपाल आयल निगमले कोरोनाविरुद्धको खोप व्यवस्था गरेको थियो । ढुवानी व्यवसायीले खोप पाएपछि उनीहरुको सिको गर्दै पम्प व्यवसायी आन्दोलन गर्न लागेका हुन् । ।
प्रतिक्रिया