अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा

जातका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा


काठमाडौं- टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा पक्राउ परेकी बबरमहलकी एक घरबेटीलाई रिहा गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले ती घरेबेटीको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो ।