अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन हुने (सूचनासहित)

असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन हुने (सूचनासहित)


काठमाडौं- आगामी असार १७ गतेबाट आन्तरिक उडान सञ्चालन हुने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर १७ गतेबाट ५० प्रतिशत उडान हुने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उडानमा आधा यात्रु मात्र राखेर सञ्चालन गर्ने अनुमति दिइनेछ ।

कोरोना संक्रमणका कारण गत वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरिएको थियो ।