अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अस्मिता हत्या प्रकरण : घटनामा संलग्नलाई छिटो पक्राउ गर्न ज्यावन समाजको माग

अस्मिता हत्या प्रकरण : घटनामा संलग्नलाई छिटो पक्राउ गर्न ज्यावन समाजको माग


काठमाडौं- पाँच ज्यावन समाज संस्थाले अस्मिता धामीको घटनामा संलग्नलाई तत्काल कडा कारवाही गर्न माग गरेका छन् ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रवासी ज्यावन समाज बैंग्लोर, बझाङ ज्यावन युवा समाज काठमाडौं, ज्यावन बाह्रदेव समाज कञ्चनपुर, ज्यावन समाज कैलाली र ज्यावन समाज डडेल्धुराले अस्मिताको हत्यारालाई छिटो पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् ।

‘पशुराम नगरपालिका-८ स्थायी ठेगाना भई जमरानी आधारभूत स्वास्थ्य केन्द्र कार्यालयमा कार्यरत २६ वर्षकी अस्मिता धामीको कार्यस्थल जोगडुबढा अस्पताल कोभिड-१९ खोप पुर्‍याउन जाने क्रममा पशुराम नगरपालिका-९ को हट्वानी सामुदायिक वनमा बलात्कारपछि विभत्स हत्या गरिएको अवस्थामा अस्मिताको शव फेला परेकोले शीघ्र निष्पक्ष छानविन गरी नीजको हत्यारा पत्ता लगाई हदैसम्मको कडाभन्दा कडा कारवाही गर्न माग गर्दछौँ,’ अध्यक्षहरू गंगलाल धामी, करनबहादुर गुर्धामी, गोपाल सिंह धामी, लक्ष्मण धामी र संकर बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बलात्कार र हत्या जस्तो जघन्य अपराधको ज्यावन समाज घोर भत्र्सना गर्दछ ।’

साथै, समाजले दोषी उपर कारवाही नभएमा यसबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी स्वयम् सम्बिन्धित निकायले लिनुपर्नेसमेत चेतावनी दिएको छ ।

प्रहरीले घटना भएको लामो समयसम्म हुँदा पनि दोषीलाई पक्राउ गर्न सकेको छैन । असार २ गते कोरोना खोप बोकेर घरबाट हिँडेकी अस्मिताको चार दिनपछि शनिबार विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

अस्मिताको हत्या भएको घटनास्थल वन क्षेत्र र आसपासका सबै बस्तीमा छुट्टाछुट्टै टोली बनाएर परिचालन गरिए पनि हालसम्म घटनामा संलग्न व्यक्ति पक्राउ पर्न सकेका छैनन् । उनको हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीले दुई वटा प्रहरी टोली परिचालन गरेको छ ।

परशुराम नगरपालिकाले मृतकका परिवारलाई १० लाख नगद क्षतिपूर्ती दिने, मृतकका दुई छोरीहरूलाई मासिक एक हजारका दरले पढाई खर्च ब्यहोर्ने र मृतक परिवारका एक जनालाई जागिर लगाईदिने सहमति भएपछि मंगलबार आफन्तले शव बुझेर अस्मिताको दाहसंस्कार गरिएको छ ।

ज्यावन समाजद्वारा विज्ञप्ति :